Kathmandu Press

प्रियंका चोपडा इन्स्टाग्रामको रिच लिस्टमा

काठमाडौं, असार २५ : सामाजिक सञ्जाल इन्स्टाग्रामको रिच लिस्टमा बलिउड अभिनेत्री प्रियंका चोपडा पनि परेकी छन्।

इन्स्टाग्राममा पोस्ट गरेवाफत सेल....

प्रियंका चोपडा इन्स्टाग्रामको रिच लिस्टमा
एजेन्सी

काठमाडौं, असार २५ : सामाजिक सञ्जाल इन्स्टाग्रामको रिच लिस्टमा बलिउड अभिनेत्री प्रियंका चोपडा पनि परेकी छन्।

इन्स्टाग्राममा पोस्ट गरेवाफत सेलिब्रेटीहरुले पैसा कमाउने गरेका छन्। यसरी इन्स्टाग्रामबाट पैसा कमाउने सेलिब्रेटीको सूचि प्रत्येक वर्ष सार्वजनिक गरिन्छ।

यस वर्षको सूचिमा प्रियंका पनि परेकी हुन्। उनी यो सूचिको २८औं नम्बरमा छिन्।

उनी यो लिस्टमा पर्ने बलिउडकी एक्ली कलाकार हुन्।

उनले इन्स्टाग्राममा पोस्ट गरेको दुई करोड १५ लाख भारीय रुपैयाँ पाउने गरेकी छन्।उनको पोस्टमा लाखौं लाइक आउने गरेका छन्।

प्रकाशित मिति: १३:२६ बजे, बिहीबार, असार २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्