ला लिगा : स्वारेजको गोलमा बार्सिलोनाको जित
काठमाडौं, असार २५ : ला लिगा फुटबलमा बार्सिलोनाले एस्पान्योलमाथि एक शुन्य गोल अन्तरको जित निकालेको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा ब....

काठमाडौं, असार २५ : ला लिगा फुटबलमा बार्सिलोनाले एस्पान्योलमाथि एक शुन्य गोल अन्तरको जित निकालेको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले एस्पान्योलमाथि १–० ले हराएको हो । बार्सिलोनाको जीतमा लुइस स्वारेजले ५६औँ मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो ।
बार्सिलोनासँगको हारसँगै एस्पान्योल रेलिगेसनमा परेको छ भने बार्सिलोनाले उपाधि होडमा आफूलाई कायमै राखेको छ । यद्यपि रियलले एक खेल कम खेलेर ७७ अंक बनाएको छ ।
बार्सिलोनाको ३५ खेलबाट ७६ अंक पुगेको छ ।
प्रकाशित मिति: ०७:३८ बजे, बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











