Kathmandu Press

इपिएलः न्युकासलको पोष्टमा सिटीको ५ गोल 

काठमाडौं, असार २५ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई ५–० को फराकिलो गोल अन्तरले हराएको छ ।

घरेलु म....

इपिएलः न्युकासलको पोष्टमा सिटीको ५ गोल 

काठमाडौं, असार २५ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई ५–० को फराकिलो गोल अन्तरले हराएको छ ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिसस, रियाद महरेज, रहिम स्ट्रर्लिङ र डेभिड सिल्भाले एक/एक गोल गरे । न्युकासलका फेड्रिको फर्नान्डेजले एक आत्मघाती गोल गरे ।

जितसँगै सिटीले ३४ खेलबाट ६९ अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा सेफिल्ड युनाइटेडले उल्भ्सलाई १–० गोल अन्तरले पराजित गरेको छ । त्यस्तै बर्नलीले वेष्ट ह्यामलाई १–० ले नै हराएको छ ।

प्रकाशित मिति: ०७:०१ बजे, बिहीबार, असार २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्