भारतीय हास्य कलाकार जगदिपको निधन
काठमाडौं, असार २५ : भारतीय हास्य कलाकार जगदिपको निधन भएको छ ।
८१ वर्षीय जगदिपको बुधबार मुम्बईस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चार माध....

काठमाडौं, असार २५ : भारतीय हास्य कलाकार जगदिपको निधन भएको छ ।
८१ वर्षीय जगदिपको बुधबार मुम्बईस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनको वास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी हो । बुढेसकाल लागेसँगै उनी विभिन्न रोगबाट ग्रसित थिए ।
फिल्म शोलेमा खेलेको सुरमा भोपालीको चरित्रले उनलाई बलिउडमा थप चर्चित बनाएको थियो । यसबाहेक ब्रहम्चारी, नागिन र अन्दाज लगायत फिल्ममा गरेको भूमिकालाई दर्शकहरुले असाध्यै मन पराएका थिए ।
प्रकाशित मिति: ०६:५३ बजे, बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












