Kathmandu Press

फिल्म ‘मेरो दिल’को ‘उनी र म’ सार्वजनिक

काठमाडौं, असार २४ : प्रेमकथानक फिल्म ‘मेरो दिल’ मा समाबेश ‘उनी र म..’ बोलको गीत सोमबार बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ....

फिल्म ‘मेरो दिल’को ‘उनी र म’ सार्वजनिक

काठमाडौं, असार २४ : प्रेमकथानक फिल्म ‘मेरो दिल’ मा समाबेश ‘उनी र म..’ बोलको गीत सोमबार बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ।

प्रेमपीडा भावको गीतमा करणराज गिरीको स्वर र संगीत तथा नारायण जलनको शब्द छन्। रेखा शाह र नरेश योगीले कोरियोग्राफी गरेको भिडियोमा मोनिका दाहाल र शंकरराज पहाडी फिचर छन्।

नवीन पन्तले निर्देशन गरेको फिल्ममा मोनिका, शंकरराज, ओेसिन भट्टराई, हरि बस्नेत डिकेलगायतले अभिनय गरेका छन्। बिनोद सापकोटाले खिचेको फिल्मको निर्मातामा गीता शर्मा, सलिना लामा, हरि शर्मा र टेरिसा खड्का हुन्।

फिल्म कोरोना महामारीपछि दर्शकमाझ ल्याइने निर्देशक पन्तले बताए।

 

प्रकाशित मिति: ११:२९ बजे, बुधबार, असार २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्