Kathmandu Press

सुशान्तको फिल्म 'दिल बेचरा'को ट्रेलरले बनायो विश्व रिकर्ड (ट्रेलरसहित)

काठमाडौं, असार २३ : बलिउड अभिनेता सुशान्त सिंह राजपूतको फिल्म दिल बेचराको ट्रेलरले विश्व रिकर्ड बनाएको छ।

सुशान्तको गत महिना निधन भएको थियो।....

सुशान्तको फिल्म 'दिल बेचरा'को ट्रेलरले बनायो विश्व रिकर्ड (ट्रेलरसहित)

काठमाडौं, असार २३ : बलिउड अभिनेता सुशान्त सिंह राजपूतको फिल्म दिल बेचराको ट्रेलरले विश्व रिकर्ड बनाएको छ।

सुशान्तको गत महिना निधन भएको थियो। उनले अभिनय गरेको अन्तिम फिल्म दिल बेचरा रिलिज हुन बाँकी छ।

यसको ट्रेलर सोमबार सार्वजनिक गरिएको थियो। एक दिनमै दुई करोड ३२ लाखभन्दा बढी हेरिसकेका छन्।

यस फिल्मको ट्रलेरलाई एक दिनमै ५० लाखले लाइक गरेका छन्। रिलिज भएको ९८ मिनेटमै दश लाखले लाइक गरेका थिए। यो अहिलेसम्मकै सबैभन्दा छिटो १० लाखले लाइक गरेको रिकर्ड बनेको छ।

मुकेश छावडाको निर्देशनमा बनेको यो फिल्ममा सुशान्तसँगै अञ्जला साखी, सैफ अलि खान र स्वस्तिका मुखर्जीको अभिनय रहेको छ। यो फिल्म २४ जुलाइमा डिजिटल रिलिज हुँदै छ।

प्रकाशित मिति: १२:४२ बजे, मंगलबार, असार २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्