Kathmandu Press

प्रिमियर लिग : उपहार गोलले टोटनह्यामको जीत

काठमाडौं, असार २३ : इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले एभर्टनविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।

गएराति घरेलु मैदानमा सम्पन्न खे....

प्रिमियर लिग : उपहार गोलले टोटनह्यामको जीत

काठमाडौं, असार २३ : इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले एभर्टनविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।

गएराति घरेलु मैदानमा सम्पन्न खेलमा आत्मघाती गोल उपहार पाउँदा टोटनहम हट्सपर विजयी भएको हो । खेलको २४ औँ मिनेटमा माइकल केनले गरेको आत्मघाती गोलले टोटनह्यामलाई १–० को अग्रता दिलाएको थियो।

त्यसपछि दुबै टोलीले विभिन्न अवसरहरु प्राप्त गरे पनि गोल गर्न सकेनन्। आत्मघाती गोल नै टोटनह्यामको जितका लागि निर्णायक बन्न पुग्यो।

हारसँगै एभर्टन ४४ अंकका साथ लिगको ११औँ स्थानमा छ भने टोटनहम ४८ अंककासाथ ८औँ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति: ०६:५९ बजे, मंगलबार, असार २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्