Kathmandu Press

सिपिएलमा एक करोडमा बिके सन्दीप

काठमाडाैं, असार २२ : चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता क्यारेबियन प्रिमियर लिग (सिपिएल) को नयाँ संस्करणमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने एक....

सिपिएलमा एक करोडमा बिके सन्दीप

काठमाडाैं, असार २२ : चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता क्यारेबियन प्रिमियर लिग (सिपिएल) को नयाँ संस्करणमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने एक करोड रुपैयाँमा विक्री भएका छन्।

ड्राफ्टबाट जमैका तलैवाजले सन्दीपलाई ९० हजार अमेरिकी डलर अर्थात १ करोड ७ लाख रुपैयाँमा क्लबमा भित्र्याएको हो। सिपिएलको नयाँ संस्करणको ड्राफ्ट असार १० गते नै अनलाइनमार्फत गरिएको थियो। सो ड्राफ्ट सोमाबार सर्वाजनिक गरिएको हो।

जमैकाले सन्दीपलाई लिएसँगै सन्दीपले लगातार तेस्रो सिजन सिपिएल खेल्ने पक्का भएको भएको छ। पहिलो सिजन सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सबाट खेलेका थिए भने दोस्रो सिजनमा उनी बार्बादोस ट्राइडेन्समा आबद्ध थिए।

अघिल्लो सिजन सन्दीप बार्बादोसमा ७० हजार डलरमा अनुबन्धित भएका थिए। ड्राफ्टमा सन्दीप चौथो महँगो क्याटगोरीमा थिए। सन्दीपसँगै डिजिटल ड्राफ्टमा २३ देशका ५३७ खेलाडी थिए। 

सिपिएलमा जमैकाको नेतृत्व स्टार अलराउन्डर आन्द्रे रसेलले गर्नेछन्। जमैकामा रसेलको अलावा कार्लोस ब्रेथवेट, चेटविक वाल्टन, तब्रिज साम्सी, आसिफ अली ओसाने थोमस लगायत खेलाडी छन्। 

सिपिएल कोरोना भाइरसका कारण यो पटक ट्रिनिडाड एण्ड टोबागोमा मात्र हुनेछ। प्रतियोतिगामा अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म हुनेछ।
 

प्रकाशित मिति: २२:११ बजे, सोमबार, असार २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्