Kathmandu Press

काठमाडौंका ए डिभिजन क्लबलाई महानगरको १० लाख

काठमाडौं, असार २२ : काठमाडौं महानरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका ६ वटा ए डिभिजन क्लबलाई आर्थिक सहयोग गरेको छ।

सोमबार राष्ट्रियसभा गृहमा आ....

काठमाडौंका ए डिभिजन क्लबलाई महानगरको १० लाख

काठमाडौं, असार २२ : काठमाडौं महानरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका ६ वटा ए डिभिजन क्लबलाई आर्थिक सहयोग गरेको छ।

सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा मेयर  बिद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका ६ वटा क्लवलाई  १० लाखका दरले सहयोग हस्तान्तरण गरेका छन्। महानगरले गत वर्ष पनि ए, बी र सी डिभिजन क्लबलाई आर्थिक सहयोग गरेको थियो।

मच्छिन्द्र क्लब, सरस्वती युवा क्लव, हिमालयन शेर्पा क्लब, काठमाडौं खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लबलाई महानगरले सहयोग गरेको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले खेलकुद विकास तथा प्रवर्द्धनका लागि सहयोग रकम हस्तान्तरण गरेको बताए। खेलाडीको दैनिकी, व्यायाम र खेलकुदको विकासका लागि खेलकुदलाई शहरी जीवन पद्धति बनाउन महानगरले खेलकुदमा लगानी बढाउँदै लैजाने नीति लिएको उनको भनाइ थियो।  

आगामी दिनमा पनि खेदकुद क्षेत्रको विकासका लागि सहकार्य गरेर अघि बढ्न तयार रहेको उनले बताए। ‘खेलकुद क्षेत्रको समग्र विकासका लागि सहयोग गर्न महानगरपालिका तयार छ,’ उनले भने, ‘आगामी दिनमा सहकार्यलाई थप बलियो बनाउँदै हामी थप सहयोग गर्न चाहन्छौँ। तपाईहरुले पनि खेलकुदको माध्ययमबाट महानगरपालिका र समग्रदेशको पहिचान बढाउने कुरामा निरन्तर ध्यान दिनुहोला।’

महानगरपालिका क्षेत्रभित्र रहेका ए डिभिजनलाई  १०, बी लाई तीन लाख र सीलाई दुई लाखका दरले सहयोग गर्दै आएको शाक्ले बताए।

प्रकाशित मिति: १४:५१ बजे, सोमबार, असार २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्