Kathmandu Press

हेलिकप्टर यात्राले विवादमा तानिए अक्षय कुमार

काठमाडौं, असार २२ : बलिउड अभिनेता अक्षय कुमार लकडाउनमा नियम विपरित गरेको हेलिकप्टर यात्राका कारण विवादमा तानिएका छन्।

उनी अघिल्लो हप्ता दुई ....

हेलिकप्टर यात्राले विवादमा तानिए अक्षय कुमार

काठमाडौं, असार २२ : बलिउड अभिनेता अक्षय कुमार लकडाउनमा नियम विपरित गरेको हेलिकप्टर यात्राका कारण विवादमा तानिएका छन्।

उनी अघिल्लो हप्ता दुई दिनका लागि हेलिकप्टरमा महाराष्ट्रमा रहेको नासिकको त्रियंबकेश्वर गएका थिए। नासिकमा अक्षयलाई कमिश्नरसहित प्रहरी अधिकारीले भेटेको तस्बिर सार्वजनिक भएपछि चर्चा सुरु भएको हो।

Hardik ivf

उनी कसको अनुमति लिएर त्यहाँ गए भन्ने प्रश्न उठिरहेको छ। सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।

महाराष्ट्रका मन्त्री छगन भुजबलले जिल्ला कलेक्टरसँग सोधपुछ गरिएको जनाएको छन्। अक्षयले नियम उल्लंघन नगरेको उनको भनाइ छ।

यस विषयमा अक्षय केही बोलेका छैनन्। उनको टिमले भने स्वास्थ्य समस्याका कारण चिकित्सकलाई भेट्न गएको बताएका छन्।

प्रकाशित मिति: १४:१० बजे, सोमबार, असार २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्