Kathmandu Press

कसरी बोइङ ७३७ म्याक्सले सफ्टवेयर परीक्षणबिनै उड्ने अनुमति पायो ?

काठमाडौं, चैत ६: अमेरिकाको उड्डयन नियामक निकाय एफएए (फेडरल एभिएसन एडमिनिस्ट्रेसन)ले अमेरिकी विमान कम्पनी बोइङको ७३७ म्याक्स मोडलको नयाँ जहाजका लिथियम ....

कसरी बोइङ ७३७ म्याक्सले सफ्टवेयर परीक्षणबिनै उड्ने अनुमति पायो ?
एपी

काठमाडौं, चैत ६: अमेरिकाको उड्डयन नियामक निकाय एफएए (फेडरल एभिएसन एडमिनिस्ट्रेसन)ले अमेरिकी विमान कम्पनी बोइङको ७३७ म्याक्स मोडलको नयाँ जहाजका लिथियम ब्याट्री, प्रेसर फ्यूलिङ सिस्टम र इन्फ्लेटबल सेफ्टी स्लाइडलगायत थुप्रै ‘फिचर’हरूको राम्रो परीक्षण गरेको थियो।

त्यसपछि मात्रै एफएएले ७३७ म्याक्स जेट विमानलाई यात्रीसहित आकाशमा उड्ने अनुमति दिएको थियो।

तर, एफएएले ७३७ म्याक्सको एउटा फिचरको भने ध्यानपूर्वक परीक्षण गरेको थिएन । त्यो हो, त्यसमा जडित नयाँ सफ्टवेयर प्रणाली।

Hardik ivf

७३७ म्याक्स मोडलका दुई जहाज पाँच महिनाको अन्तरालमा दुर्घटनामा पर्नुको एउटा मुख्य कारण यो नयाँ सफ्टवेयर प्रणाली नै भएको अनुमान गरिएको छ।

गत साता एक नेपाली महिलासहित १६५ जनाको ज्यान जाने गरी दोस्रो ७३७ म्याक्स जेट विमान आकाशबाट खसेपछि एफएएले नयाँ सफ्टवेयर प्रणालीको सूक्ष्म परीक्षण नै नगरी कसरी बोइङलाई ७३७ म्याक्स जहाज उडाउने अनुमति दियो भन्ने प्रश्न उठेको छ।

स्रोतहरूका अनुसार, ७३७ म्याक्स परीक्षण गर्ने एफएएका उच्च अधिकारीहरूलाई त्यसमा जडित नयाँ सफ्टवेयर प्रणालीबारे जानकारी नै थिएन।

यस्तो कसरी सम्भव भयो त ?

अमेरिकामा लागु भएको नयाँ उड्डयन नियमअन्तर्गत नयाँ विमान परीक्षणमा एफएएका अधिकारीहरूभन्दा विमान निर्माता कम्पनीकै हात बढी हुन्छ । यो नयाँ नियमअन्तर्गत परीक्षण भएका र उड्डयन अनुमति पाएका नयाँ जहाज मोडलहरूमध्ये ७३७ म्याक्स पनि एक हो।

यो नियमअनुसार बोइङ कम्पनी आफैले एफएएलाई ७३७ म्याक्स मोडलका जहाजमा भएका सेफ्टी फिचरबारे बताउँनुपर्थ्यो । बोइङले एफएएलाई सफ्टवेयर प्रणालीबारे राम्रो ब्रिफ गरेन र परीक्षणका क्रममा यो नयाँ सिस्टमसँग सम्बन्धित जोखिमका संकेतहरू पनि देखिएनन्।

अमेरिकी सरकारका यातायात सचिव इलैन एल. चाओले विमान परीक्षण प्रक्रियाको पुनरावलोकनका लागि आग्रह गरेकी छिन् । अमेरिकी विधायकहरूले पनि यस विषयमा दबाब दिइरहेका छन् । उता, क्यानडाले अमेरिकाले दिएको उडड्यन अनुमतिमा ढुक्क हुने कि नहुने भनी निर्क्यौल गर्दैछ।

यसले बोइङलाई थप दबाब सिर्जना भएको छ । वायुसेवाको हस्ती बोइङले सुरक्षामा कुनै सम्झौता नगरेको इतिहास छ । ७३७ म्याक्स बोइङ कम्पनीको सबैभन्दा धेरै बिक्री भएको जेट विमान हो । यसका थप चार हजार ६ सय अर्डर ‘पेन्डिङ’ छ । यसबाट आउने वर्षहरूमा कम्पनीलाई अर्बाै डलर आम्दानी हुने अपेक्षा गरिएको छ।

हाललाई यो विमानको सञ्चालनमा रोक लगाइएको छ । सफ्टवेयरको खराबी ठीक बनाउन कम्पनीले निकै कसरत पनि गरिरहेको छ । विमानले कहिले उडानको स्वीकृति पाउँछ, अझै निश्चित छैन।

घटनामा एफएएको प्रतिक्रियाले पनि विवाद निम्त्याएको छ । इथियोपियामा भएको दुर्घटना लगत्तै अन्य देशका अधिकारीले  विमान सञ्चालनमा प्रतिबन्ध गरे पनि, अमेरिकाले भने त्यस्तो कदम चालेको छैन।

प्रकाशित मिति: १४:४७ बजे, बुधबार, चैत ६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्