Kathmandu Press

फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ पाइरेसीको चपेटामा

काठमाडौं, असार २२ : चर्चित नेपाली चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ पाइरेसीको चपेटामा परेको छ।

चलचित्रलाई युट्युब र फेसबुकमा अनाधिक....

फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ पाइरेसीको चपेटामा

काठमाडौं, असार २२ : चर्चित नेपाली चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ पाइरेसीको चपेटामा परेको छ।

चलचित्रलाई युट्युब र फेसबुकमा अनाधिकृत रुपमा सार्वजनिक गरिएको छ।  फिल्मकी निर्देशक रेनशा वान्तवा राईले कसले सार्वजनिक गर्यो भन्ने बारेमा खोजी भइरहेको बताइन्।

गुड न्युज नामक फेसबुक पेजले यस चलचित्रलाई सार्वजनिक गरेको हो। यस्तै चलचित्रको निर्माण टिमसँग कुनै सम्पर्क नगरी ‘रिभरसाइड प्रोडक्सन’ले पनि युट्युब च्यानलबाट चलचित्र सार्वजनिक गरेको छ।

दुई वर्ष अघि रिरिज भएको यस चलचित्रले राम्रो कमाई गरेका थियो। यसमा सम्राज्ञी राज्यलक्ष्मी शाह र धीरज मगरको मुख्य भूमिका रहेको छ।

 

 

प्रकाशित मिति: ११:१७ बजे, सोमबार, असार २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्