Kathmandu Press

इपिएलमा लिभरपुल र साउथह्याम्पटनको जित 

काठमाडौं, असार २१ : इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन अन्तर्गत लिभरपुल र साउथह्याम्पटन विजयी भएका छन् ।

आफ्नै मैदानमा गएराति भएको खेलम....

इपिएलमा लिभरपुल र साउथह्याम्पटनको जित 

काठमाडौं, असार २१ : इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन अन्तर्गत लिभरपुल र साउथह्याम्पटन विजयी भएका छन् ।

आफ्नै मैदानमा गएराति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–० ले पराजित गर्‍यो । लिभरपुलका लागि सादियो माने र कर्टिस जोन्सले एक एक गोल गरे । जितसँगै लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग २३ अंकको दुरी बनाएको छ । गएरातीको खेलमा सिटीलाई साउथह्याम्प्टनले १–० ले पाखा लगायो ।

प्रिमियर लिग फुटबलकै अन्य खेलहरुमा न्युकासल युनाईटेड र वेष्ट ह्याम युनाईटेडले २–२ गोलको बराबरी खेल्दा बर्न्ले र शेफिल्ड युनाईटेडले १–१ गोलको बराबरीमा चित्त बुझाएका छन् ।

यी खेलसँगै लिभरपुलले ३३ खेलबाट ८९ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ३२ खेलबाट ६६ अंक छ । ५८ अंकसहित लेष्टर सिटी तेस्रो स्थानमा रहँदा चौथो स्थानको चेल्सीको ५७ तथा पाँचौं स्थानको म्यान्चेस्टर युनाईटेडको ५५ अंक छ । 

प्रकाशित मिति: ०८:४१ बजे, सोमबार, असार २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्