भिल्लारियललाई बार्सिलोनाले हरायो, स्वारेज र ग्रिजम्यानको उत्कृष्ट प्रदर्शन
काठमाडौं, असार २१ : स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई ४–१ गोल अन्तरले हराएको छ ।
स्टार फरवार्ड लुइस स्वारेज र एन्टोनी ग्रिज....

काठमाडौं, असार २१ : स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई ४–१ गोल अन्तरले हराएको छ ।
स्टार फरवार्ड लुइस स्वारेज र एन्टोनी ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले स्पेनिस ला लिगामा भिल्लारियलमाथि शानदार जित हात पारेको हो । बार्सिलोनाले घरेलु टोलीमाथि ४–१ को जीत निकाल्दा स्वारेज, ग्रिजम्यान र अन्सु फातीले एक एक गोल गरे ।
बार्सिलोनाले एक गोल भने आत्मघाती उपहार पाएको थियो । भिल्लारियलमा आइतबार राति भएको खेलमा बार्सिलोनाले खेलको तेस्रो मिनेटमा नै पोउ टोरेसको आत्मघाती गोलबाट अग्रता लिएको थियो ।
यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्यड्रिडसँग अंक दुरी घटाएर ४ अंकमा झारेको छ। ३४ खेलपछि बार्सिलोनाको ७३ अंक भएको छ भने शीर्ष स्थानमा रहेको रियल म्यड्रिडको ३४ खेलमा ७७ अंक रहेको छ।











