Kathmandu Press

ला लिगामा रियल मड्रिडलाई ४ अंकको अग्रता

काठमाडौं, असार २१ : स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानको रियल मड्रिडले एथ्लेटिक बिल्वाओलाई १(० ले हराएको छ । घरेलु टोली एथ्लेटिकोलाई हराउन रियललाई मुस....

ला लिगामा रियल मड्रिडलाई ४ अंकको अग्रता

काठमाडौं, असार २१ : स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानको रियल मड्रिडले एथ्लेटिक बिल्वाओलाई १(० ले हराएको छ । घरेलु टोली एथ्लेटिकोलाई हराउन रियललाई मुस्किल परेको थियो ।

७३औं मिनेटमा रामोसले पेनाल्टीमा गरेको गोल नै रियलका लागि निर्णायक सावित भयो । ड्यानी गार्सियाले मार्सेलोलाई पेनाल्टी बक्समा फउल गरेपछि रेफ्रीले भीएआरको सहायता लिदै रियललाई पेनाल्टीको मौका प्रदान गरेको थियो ।

उक्त पेनाल्टी नै जितका लागि अवसर बन्यो । जितसँगै रियलको ३४ खेलबाट रियलले ७७ अंक जोडेको छ । जुन दोस्रो स्थानको बार्सिलोनाको भन्दा ४ अंक बढी हो ।

प्रकाशित मिति: ०६:५० बजे, सोमबार, असार २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्