Kathmandu Press

लण्डनमा नेपाली कविता कन्सर्ट

लण्डन, चैत ६ : बेलायतका नेपालीमाझ दोस्रो पटक झुल्किएका कवि नवराज पराजुलीले आफना  झन्डै आधा दर्जन नयाँ पुराना कविता सुनाएर मन्त्रमुग्ध पारे । ....

लण्डनमा नेपाली कविता कन्सर्ट
दिनेशकुमार परियार

लण्डन, चैत ६ : बेलायतका नेपालीमाझ दोस्रो पटक झुल्किएका कवि नवराज पराजुलीले आफना  झन्डै आधा दर्जन नयाँ पुराना कविता सुनाएर मन्त्रमुग्ध पारे । 

आईतबार लण्डनको ह्यारो बरो फुटबल क्लवमा अयोजित कबिता कन्सर्टमा कबि पराजुलीले  वामपन्थी लभ शीर्षकको रोमान्टिक कविताबाट शुरु गरे पनि  रूखु, बुवा, हयाप्पी बर्थ डेु, प्रहरी जस्ता कवितामा दर्शकहरु भावुक बनाए।

कार्यक्रमका प्रमुख अतिथि राजदूत डा. दुर्गाबहादुर सुवेदीले कार्यक्रम रचनात्मक रहेको भन्दै कवि पराजुलीलाई बधाई दिए । पराजुलीको प्रस्तुतिअघि बेलायतवासी स्रष्टाहरु रेखा खरेल, फडिन्द्र भट्टराई, रमेश कायस्थ र नृपेश उप्रेतीले कविता र गजल सुनाएका थिए ।

क्षेत्री समाज बेलायतले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकको टेकानपुरस्थित कालिका माविको पुस्तकालय स्थापनका लागि उक्त कार्यक्रम च्यारिटी सोको रुपमा गरेको हो । कार्यक्रम संयोजक रामशरण सिम्खडाले च्यारिटीबाट १७ लाख रुपैयाँ संकलन भएको बताए । 

प्रकाशित मिति: १३:५८ बजे, बुधबार, चैत ६, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्