Kathmandu Press

अभिषेक बच्चनको ‘ब्रीद इनटु द स्याडोज’को टे«लर रिलिज

काठमाडौं, असार २१ : अमेजन प्राइममा अभिषेक बच्चनका पहिलो सिरिज ‘ब्रीद इन टु द स्याडोज’को ट्रेलर रिलिज भएको छ। यस सिरिजलाई एक साइको थ्रिलरले....

अभिषेक बच्चनको ‘ब्रीद इनटु द स्याडोज’को टे«लर रिलिज

काठमाडौं, असार २१ : अमेजन प्राइममा अभिषेक बच्चनका पहिलो सिरिज ‘ब्रीद इन टु द स्याडोज’को ट्रेलर रिलिज भएको छ। यस सिरिजलाई एक साइको थ्रिलरले भनेर परिभाषित गरिएको छ।

अभिनेता अभिषेक यस सिरिजमार्फत नै डिजिटल डेब्यु गर्दै छन्। यो सिरिज धेरैको प्रतिक्षामा रहेको छ।

उनी अपहरणमा परेकी छोरीको खोजीमा लागेको देखाइएको छ। अपहरणकारीले विभिन्न माग राख्दै खुब दुःख दिएको खोइएको छ।

मन्यक शर्माले निर्देशन गरेको यस सिरिजमा निथ्या मेननको पनि प्रमुख भूमिका रहेको छ। निथ्या साउथ फिल्म उद्योगकी चर्चित कलाकार हुन्।

उनी पनि अभिषेकसँगै डिजिटल डेब्यू गर्न लागेकी हुन्। यसमा अमित साध पनि देखिनेछन्।

 

प्रकाशित मिति: ११:१६ बजे, सोमबार, असार २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्