Kathmandu Press

अभिषेक बच्चनको फिल्म ‘ब्रीद: इन टु द श्याडाेज’ को ट्रेलर रिलिज 

काठमाडौं, असार २१ : अमेजन प्राइममा बलिउड नायक अभिषेक बच्चनको पहिलो सिरिज ‘ब्रीद इन टु द श्याडाेज’ काे ट्रेलर रिलिज भएको छ। अभिषेकको य....

अभिषेक बच्चनको फिल्म ‘ब्रीद: इन टु द श्याडाेज’ को ट्रेलर रिलिज 

काठमाडौं, असार २१ : अमेजन प्राइममा बलिउड नायक अभिषेक बच्चनको पहिलो सिरिज ‘ब्रीद इन टु द श्याडाेज’ काे ट्रेलर रिलिज भएको छ। अभिषेकको यस सिरिजलाई एक ‘साइको थ्रिलर’काे रुपमा परिभाषित गरिएको छ। 

अभिषेक बच्चनले सिरिज ‘ब्रीद: इन टु द श्याडाेज’ मार्फत डिजिटल डेब्यू गर्दैछन्। बच्चनकाे उक्त सिरिज सबैकाे प्रतिक्षाकाे विषय बनेकाे थियाे। 

उक्त सिरिजमा अभिषेक आफ्नो छोरीको खोजीमा आकाश र धर्तीलाई एउटै बनाउनसमेत लागि परेका छन्। सिरिजमा उनको छोरीको अपहरण गर्नेलाई एक साइको भनी संज्ञा दिइएको छ। अपहरणकारीले विभिन्न माग राख्दै अभिषेक दुख दिइरहन्छ। यसै बिच कसरी अभिषेक आफ्नो छोरी खोज्न सफल हुन्छन भन्नेकुरा सिरिजमा देखाउन खोजिएको छ। 

सिरिजमा  निथ्या मेननको पनि प्रमुख भुमिका देख्न सकिन्छ । निथ्या साउथ फिल्म उद्योगका एक परिचित कलाकार हुन्। यसका अलवा  अमित साध पनि कबीर साम्वतका भूमिकामा देखिने भएका छन्।  

प्रकाशित मिति: १५:०० बजे, आइतबार, असार २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्