Kathmandu Press

श्रीलंकालाई हराउँदै नेपाल फाइनलमा प्रवेश

विराटनगर, चैत ६ः नेपाल साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा श्रीलंकालाई हराउँदै उपाधि नजिक पुग....

श्रीलंकालाई हराउँदै नेपाल फाइनलमा प्रवेश

विराटनगर, चैत ६ः नेपाल साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा श्रीलंकालाई हराउँदै उपाधि नजिक पुगेको हो।

विराटनगरको शहीद रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ४–० ले पराजित गरेको छ । नेपालले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गरेको हो।

नेपालका लागि खेलको ४२औं मिनेटमा पुनम जर्घामगरले पहिलो गोल गरिन् । दोस्रो हाफपछि खेलको ७२औं मिनेटमा रेखा पौडेलको पासमा अनिता बस्नेतले दोस्रो गोल थपिन्।

श्रीलंकामाथि लगातार दबाब बनाइरहेको नेपालका लागि खेलको ८१औं मिनेटमा शावित्रा भणडरीले हेडमार्फत तेस्रो गोल गरिन् । त्यस्तै, खेलको अन्तिमतिर ८५औं मिनेटमा रेखा पौडेलले चौथो गोल थपिन्।

प्रकाशित मिति: १३:०९ बजे, बुधबार, चैत ६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्