Kathmandu Press

ब्याजमा छुट नपाए आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौं, असार २१ : बैंकको ब्याज मिनाहा तथा किस्ता तिर्ने समय केही सार्न व्यवसायीले नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन्। बैंकले माग पुरा नगरेर सडक स....

ब्याजमा छुट नपाए आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौं, असार २१ : बैंकको ब्याज मिनाहा तथा किस्ता तिर्ने समय केही सार्न व्यवसायीले नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन्। बैंकले माग पुरा नगरेर सडक संघर्षमा उत्रने व्यवसायीहरुले चेतावनी दिएका छन्।

साना उद्योगी–व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रेस वक्तव्य जारी गर्दै सडक संघर्षको चेतावनी दिएको हो। उनीहरुले पाँच बुँदे माग अघि सारेका छन्।

तीन महिना लामो लकडाउनले उद्योगी–व्यवसायी अप्ठ्यारोमा परेको जनाउँदै तत्कालै ब्याज छुटको घोषणा गरिनुपर्ने महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक तथा वित्तीय क्षेत्रका संयोजक कुमार कार्कीले बताए। त्यस्तै, उनीहरुले बैंकको किस्ता तिर्नुपर्ने म्याद पनि सार्न माग गरेका छन्।

महासंघले  लकडाउन अवधिभरको बैंकको ब्याज शतप्रतिशत् छुट हुनुपर्ने, किस्ता तथा ब्याज तिर्ने भाका कम्तिमा एक वर्ष पछाडि सार्नुपर्ने, पुनरकर्जा कोषमा साना उद्योगी–व्यवसायीहरुको पहुँच सुनिश्चितता गरिनुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम गर्नुपर्ने र  स्प्रेड रेट घटाएर ३.५ प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन्।

अहिलेको अवस्थामा व्यवसायीका समस्यालाई सम्बोधन गर्नेगरि राष्ट्र बैंकले केहि प्रयास नगरेको गुनासो गरेका छन्।

प्रकाशित मिति: १३:२९ बजे, आइतबार, असार २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्