Kathmandu Press

सुटिङ नसकिँदै अजय देवगनको ‘मैदान’को रिलिज मिति घोषणा

काठमाडौं, असार २१ : बलिउड अभिनेता अजय देवगन अभिनित फिल्म ‘मैदान’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। यद्यपि यस फिल्मको महत्वपूर्ण पाटो रहे....

सुटिङ नसकिँदै अजय देवगनको ‘मैदान’को रिलिज मिति घोषणा

काठमाडौं, असार २१ : बलिउड अभिनेता अजय देवगन अभिनित फिल्म ‘मैदान’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। यद्यपि यस फिल्मको महत्वपूर्ण पाटो रहेको ३५ प्रतिशत सुटिङ भाग भने बाँकी नै छ।

कोरोना भाइरस र लकडाउनले फिल्मको सुटिङ प्रभावित भएको थियो। जसले गर्दा यो वर्ष प्रदर्शन गर्न नसकिने जनाएको छ।

Hardik ivf

फिल्म युनिटले अहिलेका परिस्थितिलाई हेरेर अर्को वर्षलाई प्रदर्शन मिति तय गरेको जनाएको छ। अजय देवगनले ट्वीटरमार्फत आउँदो आगामी २०२१ अगस्ट १३ मा फिल्म रिलिज हुने जानकारी दिएका छन्।

अमित रविंद्रनाथ शर्माले निर्देशन गरिरहेको यस फिल्मको बाँकी सुटिङ भने कोरोना महामारीमा सामान्य भएपछि निरन्तरता दिने फिल्म युनिटले जनाएको छ।

यस फिल्ममा भारतका सफल र चर्चित फुटबल कोच सैयद अब्दुल रहीमको भूमिका अजयले निभाउँदै छन्। यसमा प्रियमजिराज राव र रुद्रनिल घोष पनि  मुख्य भूमिकामा देखिनेछन्।

 

प्रकाशित मिति: १३:१८ बजे, आइतबार, असार २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्