Kathmandu Press

बलिउड फिल्म मर्डरविरुद्ध मुद्दा दायर

काठमाडौं, असार २१ : बलिउड फिल्म मर्डरविरुद्ध रिलिज हुनु अघि नै मुद्दा परेको छ।

बलिउड निर्देशक रामगोपाल बर्मा फेरि कानुनी अड्चनमा फसेका छन्। ....

बलिउड फिल्म मर्डरविरुद्ध मुद्दा दायर

काठमाडौं, असार २१ : बलिउड फिल्म मर्डरविरुद्ध रिलिज हुनु अघि नै मुद्दा परेको छ।

बलिउड निर्देशक रामगोपाल बर्मा फेरि कानुनी अड्चनमा फसेका छन्। उनको फिल्म मर्डरविरुद्ध मुद्दा दायर गरिएको छ।

उनले यो फिल्म २०१८ मा तेलंगानामा भएको एक हत्याको घटनामा आधारित रहेको छ। यो विषयमा अदालतमा मुद्दा जारी रहेको छ।

उनले फिल्म बनाएपछि पीडिका बुवा अदालत पुगेका हुन्। फिल्ममा राखिएका कयौं नग्न दृश्यमा पीडितका बुवाले असन्तुष्टि जनाएका छन्। उनी यो फिल्म रोक्न माग गर्दै अदालत पुगेको भारतीय मिडियाले जनाएका छन्।

यस विषयमा निर्देशक बर्माले पनि सामाजिक सञ्जालमा सफाइ दिएका छन्। आफूविरुद्ध परेको मुद्दामा आफ्ना वकिलले जवाफ दिने उनले बताएका छन।

यो फिल्ममा कसैको बारेमा उल्लेख नगरिएको उनले बताएका छन्। यो सामाजिक विषयवस्तुमा बनेको र सकैको छबि खराब गर्न नखोजिएको उनले बताएका छन्। उनले यसलाई सिर्जनात्मक काम भनेका छन्।

 

 

 

प्रकाशित मिति: १२:२६ बजे, आइतबार, असार २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्