Kathmandu Press

२० औं पटक जर्मन कपको उपाधि बायर्नले जित्यो

काठमाडौं, असार २१ : जर्मन कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । गएराति भएको फाइनल खेलमा बायर लिभरकुजेनलाई ४–२ गोल अन्तरले पराजित गर्दै बा....

२० औं पटक जर्मन कपको उपाधि बायर्नले जित्यो

काठमाडौं, असार २१ : जर्मन कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । गएराति भएको फाइनल खेलमा बायर लिभरकुजेनलाई ४–२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

लिभरकुजेनको मैदानमा बायर्नलाई च्याम्पियन बनाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । यस्तै डेभिड अल्बा र सर्जी नाब्रीले एक एक गोल गरे । लिभरकुजेनलाई काइ हाभर्ट्ज र सेभेन बेन्डरले एक एक गोल फर्काए ।

यससँगै बायर्नले २० औं पटक जर्मन कप फुटबलको उपाधि जितेको छ । बायर्नले लगातार दोस्रो सिजन जर्मन कपको उपाधि जितेको हो ।

बायर्नको यो सिजनको दोस्रो उपाधि समेत हो । यसअघि उसले बुन्डेसलिगाको उपाधि जितिसकेको छ । 

प्रकाशित मिति: ०८:५५ बजे, आइतबार, असार २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्