Kathmandu Press

शीर्ष चारमा फर्कियो म्यान्चेस्टर युनाइटेड

काठमाडौं, असार २१ : म्यान्चेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा फर्किएको छ । शनिबार राति भएको खेलमा बर्नेमाउथमाथि ५–२को जित निकाल्द....

शीर्ष चारमा फर्कियो म्यान्चेस्टर युनाइटेड

काठमाडौं, असार २१ : म्यान्चेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा फर्किएको छ । शनिबार राति भएको खेलमा बर्नेमाउथमाथि ५–२को जित निकाल्दै युनाइटेड लिगको शीर्ष चारमा फर्किको हो ।

जितसँगै चेल्सीलाई पछि पार्दै युनाइटेड चौथो स्थानमा उक्लिएका छ् । युनाइटेडको ३३ खेलमा ५५ अंक जोडेको छ भने १ खेल कम खेलेको चेल्सीके ५४ अंक छ । बर्नेमाउथ २७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ । युनाइटेडको मैदानमा अगैता बर्नेमाउथले लियो । उसले १६औं मिनेटमा स्टानिसलासको गोलमा अग्रता लिएको थियो । तर, २९औं मिनेटमा मासन ग्रिनउडले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

३५औं मिनेटमा रास्फोर्डले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । ४५औं मिनेटमा एन्थोनी मार्सियलले गोल गरेपछि युनाइटेडले पहिलो हाफमा ३–१को अग्रता लियो । ५०औं मिनेटमा जोसुवाले गोल गर्दै बर्नेमाउथलाई खेलमा फर्काउने प्रयास गरे । तर, लगत्तै ग्रिनउडले ५४औं मिनेटमा गोल गर्दै युनाइटेडलाई ४–२को अग्रता दिलाए ।

५९औं मिनेटमा फ्रिकिकमा ब्रुनो फर्नान्डेसले गोल गरेपछि युनाइटेडले ५–२को सहज जित निकाल्यो ।

प्रकाशित मिति: ०७:२७ बजे, आइतबार, असार २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्