Kathmandu Press

इपिएल: आर्सनल र लेस्टर सिटी विजयी

काठमाडौं, असार २१ : इंग्लिस प्रिमियर लिगमा आर्सनल र लेस्टर सिटीले जित हात पारेका छन् । शनिबार राति भएको खेलमा आर्सनलले वुल्भ्सलाई २–०ले हरा....

इपिएल: आर्सनल र लेस्टर सिटी विजयी

काठमाडौं, असार २१ : इंग्लिस प्रिमियर लिगमा आर्सनल र लेस्टर सिटीले जित हात पारेका छन् । शनिबार राति भएको खेलमा आर्सनलले वुल्भ्सलाई २–०ले हरायो भने लेस्टरले क्रिस्टल प्यालेसलाई ३–०ले पराजित गर्‍यो ।

वुल्भ्सको मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन बुकायो साका र एलेक्सजेन्डर लाकाजेट्ले गोल गरे । आर्सनलले दुवै हाफमा सनान एक गोल गरेको थियो । ४३औं मिनेटमा साकाको गोल गर्दै आर्सनललाई अग्रता दिलाए । पहिला १–० मै सकियो । ८६औं मिनेटमा अलेक्जेक्टर लाकाजेट्ले गोल गरेपछि आर्सननले २–०को जित सुनिश्चित गर्‍यो ।

यसैगरी शनिबार भएको खेलमा लेस्टरले क्रिस्टल प्यालेसलाई ३–०ले हरायो । घरेलु मैदानमा लेस्टरको जितमा जिमी भार्डीले दुई गोल गरे भने केलिची इनह्याचोले एक गोल गरे ।

४९ औं मिनेटमा इनह्याचोको गोलमा लेस्टरले अग्रता लियो । ७७औं मिनेटमा भार्डीले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा भार्डीले पुनः गोल गर्दै लेस्टरलाई ३–०को सहज जित दिलाए ।

जितसँगै लेस्टरले ३३ खेलबाट ५८ अंकका साथ तेस्रो स्थानमा छ । पराजित क्रिस्टल ४२ अंक जोडेर १३औं स्थानमा रहेको छ । जितसँगै आर्सनल ४९ अंकका साथ लिगको सातौं स्थानमा उक्लिएको छ भने ५२ अंक जोडेको वुल्भ्स छैटौं स्थानमा छ ।

प्रकाशित मिति: ०६:५९ बजे, आइतबार, असार २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्