विश्वकप छनोटमा नेपालको पहिलो खेल कतारसँग
काठमाडौं, चैत ६ : आईसीसी टी–२० विश्वकपको एशया छनोटअन्तर्गत नेपालले पहिलो खेल कतारसँग खेल्ने भएको छ।
आईसीसीले एशिया छनोटको खेल ता....

काठमाडौं, चैत ६ : आईसीसी टी–२० विश्वकपको एशया छनोटअन्तर्गत नेपालले पहिलो खेल कतारसँग खेल्ने भएको छ।
आईसीसीले एशिया छनोटको खेल तालिका सार्वजनिक गरेको छ । जसअनुसार, नेपालले पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्ने भएको हो।
त्यस्तै, दोस्रो खेल साउन ९ गते मलेशियासँग, साउन ११ गते कुबेतसँग र साउन १२ गते सिंगापुरसँग खेल्ने छ।
आईसीसी टी–२० विश्वकपका लागि एशिया छनोट साउन ६ देखि १२ सम्म हुने छ । शीर्ष दुई टोली ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न पाउने छन् । ग्लोबल छनोट आगामी असोज १४ देखि कात्तिक १७ सम्म यूएईमा हुने छ।
प्रकाशित मिति: ११:५० बजे, बुधबार, चैत ६, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











