विद्या बालनको फिल्म ‘शकुंतला देवी’ डिजिटल प्लेटफर्ममा प्रदर्शन हुने
काठमाडौं, असार १९ : बलिउड अभिनेत्री विद्या बालनको फिल्म ‘शकुंतला देवी’ ३१ जुलाईमा प्रदर्शन हुने भएको छ। फिल्म ओटिटी फ्लेटफर्ममार्फत अमेजन ....

काठमाडौं, असार १९ : बलिउड अभिनेत्री विद्या बालनको फिल्म ‘शकुंतला देवी’ ३१ जुलाईमा प्रदर्शन हुने भएको छ। फिल्म ओटिटी फ्लेटफर्ममार्फत अमेजन प्राइममा प्रदर्शन हुने भएको हो।
विद्याले आफ्नो ट्विटर ह्याण्डलमा एक मिनेटको भिडियो शेयर गरेर फिल्म रिलिजको घोषणा गरेकी छिन्। अनु मेननद्वारा निर्देशित फिल्ममा विद्याले लोकप्रिय भारतीय गणितज्ञ शकुंतला देवीको भूमिका निभाएकी छिन्। उक्त बायोपिक फिल्ममा जीशु सेनगुप्ता र अमित साधको पनि मुख्य भूमिका रहेको छ।
प्रकाशित मिति: १६:२९ बजे, शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












