नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आए भएको मुलुकमा उक्लियो
काठमाडौं, असार १९ : नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ। विश्व बैंकले सार्वजनिक गरेको सूचीमा नेपाल निम्न आय भएको मुलुकको सूचीबाट निम्न....

काठमाडौं, असार १९ : नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ। विश्व बैंकले सार्वजनिक गरेको सूचीमा नेपाल निम्न आय भएको मुलुकको सूचीबाट निम्न मध्यम आय भएको मूलुकमा उक्लिएको हो।
विश्व बैंकले संसारभरका देशहरुलाई उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न आय भएको मुलुकमा वर्गीकरण गर्दै आएको छ।
सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर थियो। तर, पछिल्लो तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय एक हजार ९० अमेरिकी डलर पुगेको छ।
प्रकाशित मिति: १२:३६ बजे, शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
