Kathmandu Press

बलिउडकी प्रख्यात कोरियोग्राफर सरोज खानको निधन

काठमाडौं, असार १९ : बलिउडकी प्रख्यात कोरियोग्राफर सरोज खानको शुक्रबार निधन भएको छ।

उनको आज बिहान करिब २ बजे मुम्बईको गुरु नानक हस्पिटलमा मृत....

बलिउडकी प्रख्यात कोरियोग्राफर सरोज खानको निधन

काठमाडौं, असार १९ : बलिउडकी प्रख्यात कोरियोग्राफर सरोज खानको शुक्रबार निधन भएको छ।

उनको आज बिहान करिब २ बजे मुम्बईको गुरु नानक हस्पिटलमा मृत्यु भएको जनाएको छ। ७१ वर्षीया खान मुटुको समस्याबाट पीडित थिइन्। उनी दुई साता अघि अस्पताल भर्ना भएकी थिइन्।

कोरियोग्राफर खान मधुमेह रोगबाट पीडित थिइन्। उनी अस्पताल भर्ना भएपछि कोरोना परीक्षण गरिएको थियो। कोरोना रिपोर्ट भने नेगेटिभ आएको जनाएको छ।

Hardik ivf

तैपनि, उनको परिवारका केही व्यक्तिलाई मात्रै भेट्न दिइएको थियो। उनको अन्त्यष्टिमा पनि परिवारका केही सदस्यलाई मात्रै सहभागी हुन दिएको थियो।

बलिउडमा ‘मास्टरजी’का रुपमा परिचित खानले तीन वर्षकै उमेरमा डान्सरबाट कला क्षेत्रमा प्रवेश गरेकी थिइन्। उनले दुई हजारभन्दा बढी बलिउड गीतमा कोरियोग्राफी गरेकी छन्।

सन् १९७४ बाट कोरियोग्राफी सुरु गरेकी थिइन्। बलिउडका स्टार अभिनेत्री माधुरी दीक्षित, ऐश्वर्या राय, श्रीदेवी र करीना कपूरको करियरलाई उचाइँमा पुर्याउन उनकै कोरियोग्राफीको हात रहेको छ। उनको कोरियोग्राफी रहेका थुप्रै गीतले अवार्ड जितेका छन्।

माधुरीको फिल्म तेजाबको लोकप्रिय गीत ‘एक दो तीन’, ‘धक धक कर्ने लगा’ पनि सरोजकै कोरियाग्राफी थियो। यो गीतको नृत्यले माधुरीलाई ‘धक धक गर्ल’को पहिचान पाएकी थिइन्।

यसका अलावा माधुरी र संजय दत्तको गीत ‘तम्मा तम्मा’, देवदासमा माधुरीको ‘मार डाला’,  ऐश्वर्या राय र माधुरी अभिनय रहेको गीत ‘डोला रे डोला’ले नेसनल अवार्ड जितेको थियो।

त्यस्तै, श्रीदेवीको गीत ‘हवा हवाई’ ऐश्वर्या रायको ‘गुरु’को आइकनिक गीत ‘बरसो रे मेघा’, दिलवाले दुल्हनियाँ ले जाएंगेको ‘मेंहदी लगा के रखना’ सरोजकै कोरियोग्राफीले चर्चित बनेका थिए।

 

 

 

प्रकाशित मिति: १०:४३ बजे, शुक्रबार, असार १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्