स्पेनिस ला लिगा : रियल मड्रिडले गेटाफेलाई हरायो
काठमाडौं, असार १९ : स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले गेटाफेविरूद्ध संघर्षपूर्ण जित निकालेको छ । कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गरे....

काठमाडौं, असार १९ : स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले गेटाफेविरूद्ध संघर्षपूर्ण जित निकालेको छ । कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गरेपछि गएरातिको खेलमा रियलले गेटाफेलाई १-० ले पराजित गरेको हो ।
७८ औं मिनेटमा म्याथिअस ओलिभिएराले ड्यानी कार्भाजललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीको अवसरलाई रामोसले सदुपयोग गर्दै रियललाई जित दिलाए । जीतसँगै रियल म्याड्रिडले अंक तालिकामा दोस्रो स्थानको बार्सिलोनाभन्दा ४ अंकको स्पष्ट अग्रता कायम गरेको छ ।
रियलको ३३ खेलमा ७४ अंक छ । दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ७० अंक जोडेको छ ।
बिहीबार राति नै भएको अर्को खेलमा रियल सोसिडाडले एस्पानीयोलमाथि २-१ को जित निकाल्दा ओसासुनाले एबरलाई २-० ले हरायो ।











