Kathmandu Press

म्यानचेष्टर सिटीसँग लिभरपुलको लज्जास्पद हार

काठमाडौं, असार १९ : इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेष्टर सिटीसँग लज्जास्पद हार व्यहोरेको छ।

आज विहान घरेलु मैदानमा भएको खेलमा ल....

म्यानचेष्टर सिटीसँग लिभरपुलको लज्जास्पद हार

काठमाडौं, असार १९ : इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेष्टर सिटीसँग लज्जास्पद हार व्यहोरेको छ।

आज विहान घरेलु मैदानमा भएको खेलमा लिगको उपाधि जितिसकेको लिभरपुल दोस्रो स्थानको म्यानचेष्टर सिटीसँग ४–० गोल अन्तरको लज्जास्पद हार व्यहोरेको हो । सिटीका लागि केभिन डी ब्रुयनले २५ औं मिनेटमा पाएको पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई अग्रता दिलाए।

३५ औं मिनेटमा रहिम स्टरलिङ र ४५ औं मिनेटमा फिल फोडेनले गोल थपे भने खेलको ६६ औं मिनेटमा लिभरपुलका च्याम्बर्लिङले आफ्नै पोष्टमा गोल गरेपछि सिटी ४–० ले विजयी भएको हो।

गएराति नै भएको खेलमा सेफिल्ड युनाइटेडले टोटनह्यामलाई ३–१ गोलले पराजित गरेको छ।
 
प्रकाशित मिति: ०७:०५ बजे, शुक्रबार, असार १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्