महामारीमा राजेश हमालले सहयोग गर्न नसकेको दीपाश्रीको गुनासो
काठमाडौं, असार १८ : निर्देशक दीपाश्री निरौलाले कारोना भाइरसको महामारीमा अभिनेता राजेश हमालले सहयोगको हात बढाउन नसकेको गुनासो गरेकी छन्।
कोरो....

काठमाडौं, असार १८ : निर्देशक दीपाश्री निरौलाले कारोना भाइरसको महामारीमा अभिनेता राजेश हमालले सहयोगको हात बढाउन नसकेको गुनासो गरेकी छन्।
कोरोनाका कारण सयौं चलचित्र क्षेत्रका प्राविधिकलाई समस्या परेको उल्लेख गर्दै यस्तोमा हमालले कुनै भूमिका निर्वाह नगरेको उनको भनाइ छ। उनले यस्तो विषम परिस्थिती राजेश कुनै सहयोग नगरेका भन्दै फेसबुकमा लेखेकी छिन्, ‘मैले चलचित्र क्षेत्रकों महानायक भएपछि चलचित्र क्षेत्रमा परेको बिषम परिस्थितिमा एउटा अभिभावकको भूमिका निर्वाह गरेर, आफूलाइ वर्षौंदेखि सहयोग गरेका प्राबिधिकहरूलाई परेको पीर मर्कामा सहयोगी किन हुन सक्नु भएन भन्ने आशयले यो विषयमा बोलेको हूँ।’
कोरोनाको कारण गरिएको लकडाउनमा चलचित्र प्राविधिक समस्यामा परेका छन्। उनीहरुले विभिन्न कलाकारले आर्थिक सहयोग गरेका छन्। तर, अभिनेता हमालले सहयोग गरेका थिएनन्।
आफूले अभिनय लगेको पहिलो चलचित्रमा हमाल नै नायक रहेको उल्लेख गर्दै दीपाश्रीले भनेकी छन्, ‘मेरो अभिव्यक्तिले उहाँ सुपरस्टार नै होइन भन्ने बुझिन गएकोमा भने म हमालज्यूका सबै फ्यानहरूसँग माफी माग्दछु।’
उनले थपेकी छन्, ‘हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहिरहनु हुनेछ। तर, उहाँले महानायकको हिसाबमा चलचित्र क्षेत्रको पिडामा मलम लगाउन सक्नुभएन भने उक्त पदमा शंका उत्पन्न हुन्छ भनी उहाँलाई भगवान नै बनाउने पक्षमा म छैन।’
उनको अभिव्यक्तिपछि पक्ष र विपक्षमा चर्चा हुन थालेको छ। कतिपयले उनको समर्थ गरेका छन्।












