Kathmandu Press

इपिएल : वेष्ट ह्यामसँग हार्‍यो चेल्सी, नर्विचविरुद्ध आर्सनलको फराकिलो जित 

काठमाडौं, असार १८ :  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा युनाइटेडसँग चेल्सी वेष्ट ह्याम ३–२ गोलले पराजित भएको छ । लण्डन स्टेडियममा भएको खेलमा चेल....

इपिएल : वेष्ट ह्यामसँग हार्‍यो चेल्सी, नर्विचविरुद्ध आर्सनलको फराकिलो जित 

काठमाडौं, असार १८ :  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा युनाइटेडसँग चेल्सी वेष्ट ह्याम ३–२ गोलले पराजित भएको छ । लण्डन स्टेडियममा भएको खेलमा चेल्सीले अग्रता टिकाउन नसक्दा हारेको हो ।

विलियमले ४२ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा वेष्टह्यामका सोसेकले गोल गरेपछि पहिलो हाफ बराबरीमा सकियो। खेलको ५१ औं मिनेटमा माइकेल एन्टोनियोले गोल गरेपछि वेष्टह्याम २–१ ले अग्रता बनाउन सफल भयो।

 ७२ औं मिनेटमा चेल्सीका विलियमले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल बराबरीमा पुग्यो। तर ८९ औं मिनेटमा एन्ड्रि यारमोलेन्कोले गोल गरेपछि वेष्टह्यामले चेल्सीविरुद्ध जित सुनिश्चित गरेको हो ।

पराजित भएसँगै चेल्सीले अंक तालिकाको तेस्रो स्थानमा उक्लने अवसर गुमाएको छ। ५४ अंकसहित चेल्सी तालिकाको चौथो स्थानमा छ भने तेस्रो स्थानको लेस्टर सिटीको ५५ अंक छ। 

गएराति नै भएको खेलमा लेस्टर सिटी एभर्टनसँग २–१ गोलले पराजित भएको थियो। यस्तै अर्को खेलमा आर्सनलले नर्विचलाई ४-० गोलले हरायो । 

प्रकाशित मिति: ०७:१३ बजे, बिहीबार, असार १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्