Kathmandu Press

आईसीसीका अध्यक्ष मनोहरले दिए राजीनामा

काठमाडौं, असार १७ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अध्यक्ष शशांक मोनहरले पदबाट राजीनामा दिएका छन्। 

सन् २०१६ मा अध्यक्ष ब....

आईसीसीका अध्यक्ष मनोहरले दिए राजीनामा

काठमाडौं, असार १७ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अध्यक्ष शशांक मोनहरले पदबाट राजीनामा दिएका छन्। 

सन् २०१६ मा अध्यक्ष बनेका मनोहरले दोस्रो कार्यकाल पनि पूरा भएपछि बुधबार राजीनामा दिएका हुन्। सन् २०१६ मा आईसीसी अध्यक्ष बनेका मनोहर सन् २०१८ मा पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए। 

आईसीसीले बुधबार नै एक विज्ञप्ति जारी गरी नयाँ निर्वाचन नहुन्जेलसम्मका लागि उपाध्यक्ष इमरान ख्वाजालाई अध्यक्षको जिम्मेवारी दिएको जनाएको छ। आईसीसीको नियमअनुसार मनोहर अझै एक कार्यकाल अध्यक्षका रुपमा रहन सक्थे। तर, उनले दोस्रो कार्यकाल पूरा भएलगत्तै राजीनामा दिए।  आईसीसीको विधानमा तीन कार्यकाल अध्यक्ष हुन पाउने प्रावधान छ। आईसीसी बोर्डले नयाँ निर्वाचन प्रक्रिया आगामी साता टुंगो लगाउने जनाएको छ।

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डका प्रमुख कोलिन ग्रावेस आईसीको नयाँ अध्यक्ष बन्ने सम्भावना धेरै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। यस्तै, हङकङका ख्वाजाको नाम पनि अध्यक्षका रुपमा चर्चामा छ। तर, उनलाई आईसीसीका पूर्णकालीन सदस्यहरुको समर्थन नभएको बताइन्छ।

इंग्ल्यान्ड, अष्ट्रेलिया तथा वेष्टइन्डिज ग्रावेसलाई अध्यक्ष बनाउने पक्षमा छन्। यस्तै, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सँग पनि उनको राम्रो सम्बन्ध रहेको बताइएको। तर, बीसीसीआईले खुलेर ग्रावेसको समर्थन भने गरेको छैन। मनोहर र बीसीसीआईबीचको सम्बन्ध भने राम्रो छैन। 

नारायणस्वामी श्रीनिवासन अध्यक्ष हुँदा भारतीय हितविपरीत काम गरेको आरोप मनोहरमाथि छ।
 

प्रकाशित मिति: २०:०४ बजे, बुधबार, असार १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्