शेयर बजारमा आज पनि सकारात्मक सर्किट
काठमाडौं, असार १७ : बजार खुलेको तेस्रो दिन ६ प्रतिशत वृद्धि हुँदै बजार बीचमा नै बन्द भएको छ।
बुधबार नेप्से परिसूचक ७५ दशमलव ७७ अं....
काठमाडौं, असार १७ : बजार खुलेको तेस्रो दिन ६ प्रतिशत वृद्धि हुँदै बजार बीचमा नै बन्द भएको छ।
बुधबार नेप्से परिसूचक ७५ दशमलव ७७ अंकले वृद्धि भएर अर्थात ६ दशमलव ०१ ले वृद्धि भएर १३३६ दशमलव ५२ को विन्दुमा बन्द भएको छ।
१२६१ दशमलव १६ को विन्दुमा खुलेको दोस्रो बजारको उच्च र न्यून विन्दु नै क्रमशः अन्तिम विन्दु र खुलेको विन्दु रहेको छ। यसरी न्यून र खुला विन्दु, उच्च र अन्तिम विन्दु एउटै भएकाले यसले बजारमा माग अत्यधिक मात्रामा रहेको संकेत गर्दछ। यसले बजारको अन्तिम समयसम्म माग बढी रहेकाले बजार सकारात्मक रहेको र अर्को कारोबार दिन पनि बजार बढ्न सक्ने संकेत गर्दछ।
आज ४० करोड ७३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको शेयर किनबेच भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ७६ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज सिटिजन बैंक इन्टरनेशनल लिमिटेडका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने नेशनल माइक्रो फाइनान्सका शेयरधनीले सर्वाधिक ३ दशमलव ९२ प्रतिशतले गुमाए।
छोटो समयावधिको प्राविधिक विश्लेषण
अघिल्लो दिनको विश्लेषण अनुसार बजारको प्रवृत्ति र सूचक सकारात्मक रहेको र यदि बजार १२८० भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने प्रवल संकेत गर्दछ। अर्को तत्कालीन प्रतिरोध १३५० को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजार १३३६ दशमलव ५२ विन्दुमा बन्द हुँदा उच्च विन्दु पनि समान नै थियो। यदि सर्किट नलागेको भए बजारले १३५० को विन्दु सजिलै हासिल गर्न सक्ने देखिन्थ्यो।
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार दुई कारोबार दिनअघि बजारले ११५० मा टेवा प्राप्त गरेपछि बजार बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। आजको मैनबत्तीले पनि ‘बुलिस मारुबोजु’ को आकृति बनाएको छ, यसले अर्को कारोबार दिन पनि बजार बढ्न सक्ने संकेत गर्दछ। आज बजार ६ दशमलव ०१ प्रतिशतले बढे पछि आज पनि सर्किट लागे बापत १२ : २४ बजे बजार बन्द भएकाले आजको परिमाण पनि कम हुन गएको छ।
चित्र नं. २
चित्र नं.२ मा, आजको कारोबार दिनको प्रवृत्ति देखाएको र यसले आज पनि बजार खुलेदेखि अन्तिम समयसम्म क्रेताको चाप रहेको संकेत गर्नुका साथै बजारमा आपूर्तिभन्दा माग बढी रहेको देखिन्छ।
निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकलाई समग्र रुपमा हेर्दा बजार हाल सकारात्मक रहेको र बजारले अब १३५० को प्रतिरोधलाई सामना गर्नु पर्ने देखिन्छ। त्यसपछिको प्रतिरोध भने १४२५ को क्षेत्रमा देखिन्छ। बजारको तत्कालीन टेवा १२८० को क्षेत्रमा रहेको देखिन्छ।