Kathmandu Press

ब्राजिलमा चार अन्तर्राष्ट्रिय खेलाडी कोरोना स‌ंक्रमित

रियो दी जेनेरियो, असार १७ : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट ब्राजिलमा चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडी संक्रमित भएका छन्।

<....
ब्राजिलमा चार अन्तर्राष्ट्रिय खेलाडी कोरोना स‌ंक्रमित

रियो दी जेनेरियो, असार १७ : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट ब्राजिलमा चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडी संक्रमित भएका छन्।

संक्रमित खेलाडीहरुको नाम भने सार्वजनिक गरिएको छैन। उनीहरुलाई अहिले स्वास्थ्यकर्मीहरुको निगरानीमा अलग राखेको छ। 

ब्राजिलको पोट्रो एलेग्रा फुटबल क्लबले मंगलबार वक्तव्य जारी गर्दै आफ्ना चार खेलाडी संक्रमित भएको र उनीहरुको अहिले उपचार भइरहेको पुष्टि गरेको छ। उनीहरुको फेरि परीक्षण गरिनेछ, वक्तव्यमा उल्लेख छ।

ब्राजिलमा आगामी अगस्ट ८ तारिखदेखि सिरी ए लिग शुरु हुने कार्यतालिका सार्वजनिक गरिएको थियो। पूर्वनिर्धारित तालिका भन्दा तीन महिना पछाडि सारेर सो च्याम्पियनसीप शुरु गर्ने तयारी गरिएको हो। 

ब्राजिलमा १४ लाखको हाराहारीमा कोरोनाभाइरस संक्रमित पुगिसकेका छन् भने झण्डै ६० हजारको मृत्यु भइसकेको छ। 

प्रकाशित मिति: १७:३१ बजे, बुधबार, असार १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्