इटालीमा प्रदर्शन हुँदै नेपाली फिल्म ‘जुनुको जुत्ता’
काठमाडौं, असार १७ : नेपाली छोटो फिल्म ‘जुनुको जुत्ता’ इटालीमा पनि प्रर्दशन हुने भएको छ।
इटालीमा सट्र्स इन्टरनेसनल फिल्म फेस्टिभल....

काठमाडौं, असार १७ : नेपाली छोटो फिल्म ‘जुनुको जुत्ता’ इटालीमा पनि प्रर्दशन हुने भएको छ।
इटालीमा सट्र्स इन्टरनेसनल फिल्म फेस्टिभलका लागि छनौट भएको फिल्मका निर्देशक केदार श्रेष्ठले बताए। यो फिल्म यसअघि जर्मनीमा प्रदर्शन भएको थियो।
उल्टो जुत्ता लगाउने एक बालिकाको कथावस्तु जुनुको जुत्तामा देख्न सकिन्छ। उनी आमा र विद्यालयका शिक्षकसमेत सुल्टो जुत्ता नलाउँदा कराउँछन्। त्यसपछि उनी सुल्टो जुत्ता लगाउने जुक्ति खोज्छिन्।
यसमा पाँच वर्षीय हिस्सी लामा, पासाङ ह्लामु लामा, खड्ककुमारी याङ्जी लामा शेर्पालगायतको अभिनय रहेको छ। यशु श्रेष्ठको कथा रहेको यस फिल्मलाई सरुण मानन्धरले खिचेका हुन्। पटकथा भने निर्देशक श्रेष्ठको रहेको छ।
यस अघि यो फिल्म इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल ओवरहोउसेनको ६६औं संस्करणमार्फत अन्तर्राष्ट्रिय प्रिमियर भएको थियो।
थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल तथा ह्यापी ह्यूज प्रोडक्सनको सहकार्यका यो फिल्म बनेको हो।












