Kathmandu Press

आलिया र ऋतिकलाई अस्कर अवार्डको निम्तो

काठमाडौं, असार १७ : बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता ऋतिक रोशनलाई अस्कर अवार्डमा सहभागिताका लागि बोलाइएको छ।

अस्कर अवार्ड आयोजक एकेडेमी ....

आलिया र ऋतिकलाई अस्कर अवार्डको निम्तो

काठमाडौं, असार १७ : बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता ऋतिक रोशनलाई अस्कर अवार्डमा सहभागिताका लागि बोलाइएको छ।

अस्कर अवार्ड आयोजक एकेडेमी अफ मोसन पिक्चर्स एन्ड साइन्सले आलिया र ऋतिकलाई निम्तो पठाएको हो। अस्करका लागि निम्तो पठाएका संसारभरका आठ सय १९ जनामा आलिया र ऋतिक परेका हुन्।

आलियाको फिल्म गल्ली ब्यय गत वर्ष अस्करमा पुगेको थियो। तर, पुरस्कार भने पाउन सकेन्।

सन् २०२१ जुन २१ मा हुने अस्कर अवार्ड समारोहका लागि ६८ देशका कलाकारलाई निम्तो दिइएको छ। उनीहरु अवार्डका लागि मतदान गर्न पाउनेछन्। जसमा ४५ प्रतिशत महिला रहेको एकेडेमीले जनाएको छ।

कोरोना भाइरसको महामारीका कारण अस्कर अवार्ड सारिएको थियो।

प्रकाशित मिति: ११:५५ बजे, बुधबार, असार १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्