सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं, असार १७ : सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा पुगेको छ। बुधबार पाँच सय रुपैयाँले मूल्य वृद्धि भएपछि सुनले नयाँ रेकर्ड कायम राखेको छ....

काठमाडौं, असार १७ : सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा पुगेको छ। बुधबार पाँच सय रुपैयाँले मूल्य वृद्धि भएपछि सुनले नयाँ रेकर्ड कायम राखेको छ।
मंगलबार ९१ हजार २ सयमा कारोबार भएको सुन बुधबार ९१ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेपछि नेपालमा पनि त्यसको असर परेको हो।
प्रकाशित मिति: ११:५१ बजे, बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
