Kathmandu Press

रेखा थापाले खरिद गरिन क्रिकेट टिम

काठमाडौं, चैत ५ : अभिनेत्री रेखा थापा क्रिकेटमा पनि संलग्न भएकी छन् । उनले क्रिकेट टिम खरिद गरेकी छन्।

आगमी वैशाख ७ देखि १४ गतेसम्म विराटनगर....

रेखा थापाले खरिद गरिन क्रिकेट टिम

काठमाडौं, चैत ५ : अभिनेत्री रेखा थापा क्रिकेटमा पनि संलग्न भएकी छन् । उनले क्रिकेट टिम खरिद गरेकी छन्।

आगमी वैशाख ७ देखि १४ गतेसम्म विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा ‘एनसिएल वुमन्स टी—२०’ प्रतियोगिता हुँदैछ । नेपालमा पहिलो पटक महिलाको फ्रेन्चाइज प्रतियोगिता हुन लागेको हो।

यसका लागि रेखाले ‘काठमडौं सुपर च्याम्पियन्स’ टिम खरिद गरेकी हुन् । महिला क्रिकेटमा केही योगदान गर्ने उद्देश्यले टिम खरिद गरेको उनले बताइन्।

उनको टिमको कार्की खेलाडीमा नेरी थापा छन्।

 

प्रकाशित मिति: १४:३४ बजे, मंगलबार, चैत ५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्