एट्लेटिकोसँग बराबरीमा रोकियो बार्सिलोना
काठमाडौं, असार १७ : ला लिगा फुटबलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ । मंगलबार राति घरेलु मैदान भएको खेलमा बार्सिलोना एट्लेटिको....

काठमाडौं, असार १७ : ला लिगा फुटबलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ । मंगलबार राति घरेलु मैदान भएको खेलमा बार्सिलोना एट्लेटिकोसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
सुरुवाती अग्रता लिएको बार्सिलोनाले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा रोकिएको हो । बराबरीसँगै बार्सिलोनाले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । डिएगो कोस्टाको आत्मघाती गोलसँगै बार्सिलोनाले १२ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो। साउल निगाजले १९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई बराबरीमा पुर्याएका थिए।
लियोनल मेसीले ५० औं मिनेटमा पेनाल्टीमा बार्सिलोनालाई २–१ को अग्रता दिलाएका थिए। तर ६२ औं मिनेटमा निगाजले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
बराबरीसँगै बार्सिलोना शीर्ष स्थानको रियल मड्रिडभन्दा एक अंकले पछि परेको छ ।
बार्सिलोनाले ३३ खेलबाट ७० अंक जोड्दै दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको रियलको ७१ अंक छ । एट्लेटिकोको भने ३३ खेलबाट ५९ अंकसहित तेस्रो स्थानमा यथावत छ ।
यस्तै गएराति नै भएका अन्य खेलमा सेभिल्लाले लेगानेसलाई ३–० ले हराउँदै शीर्ष चारको दौडमा आफुलाई कायम राखेको छ भने मालोर्काले सेल्टा भिगोमाथि ५–१ गोल अन्तरले पराजित ग¥यो।











