Kathmandu Press

एनएमबी बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच पुनः कर्जाका लागि सम्झाैता

काठमाडौं, असार १६ : एनएमबी बैंकले विश्व बैंक सदस्य समूहबाट अमेरिकी डलर २५ मिलियन पुनः कर्जाको लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ। 

....

समझदारीमा एनएमबी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सुनिल के.सी.र अन्तर्राष्ट्रिय वित्त निगमका एक्टिङ्ग रेजिडेन्ट रिप्रिजेन्टेटिभ श्री सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन्।

दुई वर्षको अवधिमा अन्तर्राष्ट्रिय वित्त निगमबाट लगातार दुई पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र एनएमबी बैंक भएको छ। 

समझदारीले कोभिड-१९ को कारणले आइपरेका कठिनाका बीचमा साना तथा मझौला उद्यमी वर्गको लागि आवश्यक कर्जाको आपूर्ति गर्नुको साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्नेे बैंकले जनाएको छ। 

अमेरिकी डलर २५ मिलियनको यस कर्जाले प्राथमिकताका क्षेत्रहरु विशेष गरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरुको सशक्तिकरणमा सघाउ पु¥याउन सदुपयोग गरिने बैंकले जनाएको छ। 

प्रकाशित मिति: १९:०१ बजे, मंगलबार, असार १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्