Kathmandu Press

असार १५ मा साढे पाँच करोडको दही बिक्री

काठमाडौं, असार १६ : दहीचिउरा खाने दिनका रुपमा परिचित असार १५ गते साढे पाँच करोड रुपैयाँको दही बिक्री भएको छ।

निजी क्षेत्रका डेरी व्यवसायी र ....

असार १५ मा साढे पाँच करोडको दही बिक्री

काठमाडौं, असार १६ : दहीचिउरा खाने दिनका रुपमा परिचित असार १५ गते साढे पाँच करोड रुपैयाँको दही बिक्री भएको छ।

निजी क्षेत्रका डेरी व्यवसायी र सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थान (डिडिसी) बाट पाँच करोड ४६ लाख ६० हजार रुपैयाँको दही बिक्री भएको जनाएको छ।

निजी क्षेत्रका दूग्ध व्यवसायको संस्था नेपाल डेरी एशोसिएशनबाट देशैभर चार लाख तीस हजार लिटर दही बिक्री भएको एशोसिएशनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए। उनका अनुसार बन्दाबन्दीका कारण गत वर्षको तुलनामा दहीको खपतमा कमी आए तापनि हिजोमात्र अन्यदिनको तुलनामा तीन गुणा बढी खपत भएको छ ।

'गत वर्ष असार पन्ध्रका दिन मागअनुसारको दही पुर्‍याउन एक सातादेखि मौज्दात राख्नुपथ्र्यो तर बन्दाबन्दीका कारण यसपालि धेरै माग नभएको र मागअनुसार खपतमा सहज भयो,' उनले भने।

१० प्रतिशतले कमी

गत वर्षको तुलनामा यस वर्ष डिडिसीको दही खपतमा १० प्रतिशतले कमी आएको छ। सबैभन्दा धेरै दही काठमाडौं उपत्यकामा खपत हुँदै आएकामा बन्दाबन्दीका कारण उपत्यका छाड्नेहरु वृद्धि हुँदा खपतमा कमी आएको डिडिसीले जनाएको छ।

डिडिसीका महानिर्देशक रुद्रप्रसाद पौडेलका अनुसार यस वर्ष काठमाडौं उपत्यकामा तीस हजार लिटर र बाहिर चालीस हजार लिटर गरी ७० हजार लिटर दही बिक्री भएको छ। 

गत वर्ष निजी र सरकारी दुवैबाट असार १५ को दिन सात हजार लिटर दही बिक्री भएको थियो।

प्रकाशित मिति: १३:४२ बजे, मंगलबार, असार १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्