Kathmandu Press

सुदूरपश्चिमको 'छाउगोठ' काठमाडौंमा

काठमाडौं, चैत ५ :  जुटको बोराले बेरिएको र टालेको भित्ता । साना कोठा । त्यसभित्र मधुरो प्रकाश।

काठमाडौंको ठमेलस्थित छायाँ कम्प्लेक्सको प....

सुदूरपश्चिमको 'छाउगोठ' काठमाडौंमा
रिवाज राई

काठमाडौं, चैत ५ :  जुटको बोराले बेरिएको र टालेको भित्ता । साना कोठा । त्यसभित्र मधुरो प्रकाश।

काठमाडौंको ठमेलस्थित छायाँ कम्प्लेक्सको पाँचौं तल्लामा यस्तै सानोघर बनाइको छ, छाउगोठ । त्यसभित्र केही तस्बिर पनि राखिएका छन्, छाउप्रथासँगै सम्बन्धित । सुदूरपश्चिम र कर्णालीका छाउगोठ कस्तो सकस हुन्छ, यहाँ थोरबहुत महसुस गर्न सकिन्छ।

Hardik ivf

पत्रकार उमा बिष्टले सुदूरपश्चिमका गाउँघर घुमेर खिचेका तस्बिर ठमेलमा बनाएको छाउगोठ वरिपरि देख्न सकिन्छ । ‘मैले छोउगोठको बारेमा पहिले नै सुनेको हो । फोटो पत्रकारितामा लागेपछि आफनो काममार्फत यसलाई उतार्ने इच्छा थियो,’ बिष्टले भनिन्, ‘ब्रिटिस काउन्सिलको सहयोगमा त्यो इच्छा पूरा भएको छ । सुदूरका तस्बिर पर्दशनीमा राखेकी छु।’

उनले सुदूरपश्चिम र कर्णालीमा रहेको छाउप्रथासँगै त्यहाँका महिलाले जीवन भोगाइलाई तस्बिरमा उतारेकी छन् । फोटोहरूसँगै ति महिलाले भोगेका पीडा पनि फोटो कथाका रुपमा राखिएको छ।

प्रदर्शनमा एक महिना लगाएर खिचिएका विभिन्न तस्बिर राखिएका छन् । प्रदर्शनीका लागि उमालाई तृप्ती तामाङले साथ दिएकी छन् । नयनतारा गुरुङ कक्षपती यसको क्युरेटर रहेकी छन् । ‘अवर संग्स फ्रम द फोरेस्ट’ नाम दिइएको प्रदर्शन चैत १ देखि शुरु भएको हो । यो चैत २७ सम्म चल्ने छ।

प्रकाशित मिति: १२:५४ बजे, मंगलबार, चैत ५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्