Kathmandu Press

ला लिगा फुटबलमा गेटाफेले सोसिडाडलाई हरायो

काठमाडौं, असार १६ : स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएरातिको खेलमा गेटाफेले रियल सोसिडाडलाई हराएको छ । लिगको पाँचौ स्थानमा रहेको गेटाफेले सातौँ स्थानको....

ला लिगा फुटबलमा गेटाफेले सोसिडाडलाई हरायो

काठमाडौं, असार १६ : स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएरातिको खेलमा गेटाफेले रियल सोसिडाडलाई हराएको छ । लिगको पाँचौ स्थानमा रहेको गेटाफेले सातौँ स्थानको सोसिडाडलाई २–१ गोलले हराएको हो ।

गेटाफेका लागि खेलको २० औँ मिनेटमा जाइम माटाले पेनाल्टीमार्फत् गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।  ५५ औँ मिनेटमा सोसिडाडका लागि अड्नान जानुजाजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

८३ औँ मिनेटमा माटाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को अवस्थामा पुर्‍याए। योसँगै गेटाफेले लिगमा ३२ खेलबाट ५२ अंक जोडेको छ भने सोसिडाडले समान खेलबाट ४७ अंक जोडेको छ।  

लिगमा रियल मड्रिड ७१ अंक सहित शीर्ष स्थानमा छ भने बार्सिलोना ६९ अंकसहित दोस्रो स्थानमा छ।
 

प्रकाशित मिति: ०७:०७ बजे, मंगलबार, असार १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्