Kathmandu Press

बार्सिलोनाका आर्थुर युभेन्टसमा, पियानिच बार्सिलोनामा

काठमाडौं, असार १५ : बार्सिलोनाका ब्राजिलियन मिडफिल्ड आर्थुर मेलो इटालियन क्लब युभेन्ट्समा आवद्ध भएका छन्। २३ वर्षीय आर्थुर ७० मिलिनय युरोमा सिरि ए क्ल....

बार्सिलोनाका आर्थुर युभेन्टसमा, पियानिच बार्सिलोनामा

काठमाडौं, असार १५ : बार्सिलोनाका ब्राजिलियन मिडफिल्ड आर्थुर मेलो इटालियन क्लब युभेन्ट्समा आवद्ध भएका छन्। २३ वर्षीय आर्थुर ७० मिलिनय युरोमा सिरि ए क्लब युभेन्ट्समा आवद्ध भएका हुन्।

आर्थुरले युभेन्ट्ससँग ५ वर्षे सम्झौता गरेका छन्। अब उनी सन् २०२५मा टुरिनमा रहनेछन्। आर्थुरले ५ प्रतिसेसन तलब र २ मिलियन बोनस पाउने छन्। 

सन् २०१८ मा ब्राजिलिन क्लब ग्रेमियोबाट बार्सिलोना आएका आर्थुरले ७२ खेल खेल्दै ४ गोल गरेका छन्। जाभीसँग तुलना गर्दै बार्सिलोनाले उनलाई भित्र्याएको थियो । प्रशिक्षक क्वेक सेटिनले आर्थुरलाई बार्सिलोनामै राख्न चाहेका थिए। तर क्लव व्यवस्थापनले मानेन्।

आर्थुर बेच्ने क्लब व्यवस्थापनको निर्णयमा असहमती जनाउँदै सेटिनले आर्थुर जस्तो क्षमतावान खेलाडी पाउन बार्सिलोनालाई निकै कठीन हुने बताएका छन्। ब्राजिलियन राष्ट्रिय टिमका सदस्य आर्थुरले बार्सिलोनाबाट १ ला लिगा र १ सुपर कोपा जितेका छन्।

आर्थुरलाई युभेन्ट्स पठाएको बार्सिलोनाले युभेन्ट्सबाट मिडफिल्डल मिरालेम पियानिचलाई ल्याएको छ। पियानिचलाई भित्र्याउन बार्सिलोनाले ६० मिनलियन युरो खर्चियो। बोनिस्या एण्ड हजगोभिनाका पियानिच सन् २०१६ मा रोमाबाट युभेन्ट्स आएका थिए। 

युभेन्ट्स र बार्सिलोनाबीच गत शनिबार खेलाडी किनेबेचमा सहमति भएको बताइएको छ। दुवै खेलाडीका सम्झौतबारे आजै औपचारिक घोषणा हुनेछ। 

प्रकाशित मिति: १८:४६ बजे, सोमबार, असार १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्