Kathmandu Press

आलिया र सञ्जय दत्तको ‘सडक–२’ डिजिटल प्लेटफर्ममा प्रदर्शन हुँदै

काठमाडौं, असार १५ : महेश भट्ट निर्देशित फिल्म ‘सडक–२’ डिजिटल प्ल्ेटफर्ममाफत प्रदर्शन हुने भएको छ।

कोरोना भाइरसको जोखिमका क....

आलिया र सञ्जय दत्तको ‘सडक–२’ डिजिटल प्लेटफर्ममा प्रदर्शन हुँदै

काठमाडौं, असार १५ : महेश भट्ट निर्देशित फिल्म ‘सडक–२’ डिजिटल प्ल्ेटफर्ममाफत प्रदर्शन हुने भएको छ।

कोरोना भाइरसको जोखिमका कारण बन्द गरिएका फिल्महल कहिले खुल्ने भन्ने निश्चित नभएपछि डिजिटल प्लेटफर्ममार्फत प्रदर्शन गर्न लागिएको हो।

Hardik ivf

फिल्मको निर्मातासमेत रहेका भट्टले भनेका छन्, ‘कोरोना संक्रमितको संख्या बढ्दो छ। यस्तो अवस्थामा सिनेमा घर खुल्ने कुरा भएन। मानिसलाई आफूलाई जोगिनु छ, त्यसैले फिल्मभन्दा महत्वपूर्ण जीवन हो।’

यसमा आलिया भट्ट, सञ्जय दत्त, आदित्य रोय कपुर, पूजा भट्टलगायतको अभिनय रहेको छ। यसलाई फक्स स्टार स्टुडियोले प्रस्तुत गरेको हो।

सन् १९९१ मा प्रदर्शन भएको सडकको सिक्वेल नै यस फिल्ममा देखाउन खोजिएको छ। जुलाई १० मा सार्वजनिक गर्ने मिति तय भएको छ।  

फिल्मको लगानीलाई हेरेर ठूलो पर्दाको लागि निर्माण भएको यस फिल्मलाई डिजिटल प्ल्ेटफर्ममार्फत रिलिज गर्न लागिएको हो।

निर्देशक भट्टले डिजिटल प्लेटफर्मलाई समस्याको छोटो समयको समाधान भएको बताउँदै भनेका छन्, ‘निर्माता र दर्शक दुवै सिनेमा घर रुचाउँछन्। कुनै उपाय नभएकाले डिजिटल प्लेटफर्म रोजेका हौं।’

 

प्रकाशित मिति: १२:२१ बजे, सोमबार, असार १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्