Kathmandu Press

बलिउडमा २८ वर्ष पार गरेको पत्तै भएन : शाहरुख खान

काठमाडौं, असार १५ : बलिउडका बादशाह शाहरुख खानले फिल्म उद्योगमा प्रवेश गरेको २८ वर्ष पुगेको छ। उनले यतिका वर्ष वितेको पत्तै नपाएको बताएका छन्।

<....
बलिउडमा २८ वर्ष पार गरेको पत्तै भएन : शाहरुख खान

काठमाडौं, असार १५ : बलिउडका बादशाह शाहरुख खानले फिल्म उद्योगमा प्रवेश गरेको २८ वर्ष पुगेको छ। उनले यतिका वर्ष वितेको पत्तै नपाएको बताएका छन्।

उनले सन् १९९२ मा बलिउडमा करिअर सुरु गरेका थिए। अनियनका लागि दिल्लीबाट मुम्बई छिरेका शाहरुख २८ वर्षको अवधिमा संसारभर चर्चित सुपरस्टार बनेका छन्।

यसै खुशीमा उनले ट्वीटरमा लेखेका छन्, ‘थाहा नै भएन कि कहिले मेरो लगाव नै मेरो उद्देश्य भइदियो। अनि फेरि मेरो प्रोफेसन बन्यो। तपाई सबैलाई धन्यबाद छ कि तपाईले यतिका वर्षसम्म मलाई मनोरञ्जन गराउने मौका दिनुभयो।’

Hardik ivf

शाहरुखले थपेका छन्, ‘मलाई लाग्छ कि मेरो प्रोफेसनालिज्म भन्दा धेरै मेरो लगाव नै एक बलियो कारण बन्नेछ, जसले गर्दा अब आउने वर्षमा पनि तपाईहरुलाई मनोरञ्जन प्रदान गरिरहनेछु।’

उनले सुरुआती वर्षमा एक आउटसाइडरका रुपमा बलिउडमा आफूलाई चिनाएका थिए। पहिले टिभि सिरियलमा देखिएका थिए।

सन् १९९२ मा फिल्म ‘दिवाना’बाट उनी बलिउडमा प्रवेश गरेका थिए। उनले आफ्नो करिअरको सुरुआतमा कयौं नकारात्मक भूमिका पनि अभिनय गरेका थिए। फिल्म ‘बाजीग’, ‘डर’, ‘अन्जाम’मा उनको यो भूमिका देख्न सकिन्छ ।

यसपछि भने उनले रोमान्टिक अभिनेताका रुपमा आफूलाई स्थापित गरे।  ‘दिलवाले दुल्हन्निया ले जाएंगे’, ‘कुछ कुछ होता है, ‘दिल तो पागल है’, ‘कल हो ना हो’, ‘च दे इंडिया’, ‘ओ शान्ति ओम’लगायतको सुपरहिट फिल्मबाट बलिउडमा सुपरस्टार साबित भए।

उनको पछिल्लो फिल्म सन् २०१८ प्रदर्शन भएको ‘जीरो’ हो। यसपछि भने उनी नयाँ फिल्ममा देखिएका छैन।

 

प्रकाशित मिति: ११:२४ बजे, सोमबार, असार १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्