रियल मड्रिड ला लिगा फुटबलको शीर्ष स्थानमा
काठमाडौं, असार १५ : रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राती सम्पन्न खेलमा रियल मड्रिडले एस्पान्योलमाथि १ ० को जित द....

काठमाडौं, असार १५ : रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राती सम्पन्न खेलमा रियल मड्रिडले एस्पान्योलमाथि १ ० को जित दर्ता गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।
क्यासेमिरोको निर्णायक गोलमा जीतसँगै रियलले अंक तालिकाको शीर्षस्थानमा पुगेको हो । रियलले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता लिन सफल रहयो । जीतसँगै रियल म्याड्रिडले स्पेनिस ला लिगाको शीर्षस्थानमा २ अंकको अग्रता कायम गरेको छ ।
रियलको ३२ खेलमा ७१ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ६९ अंक रहेको छ ।
प्रकाशित मिति: ०७:२४ बजे, सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











