Kathmandu Press

आज राष्ट्रिय धान दिवस, रोपाईसँगै दही च्यूराको रौनक 

काठमाडौं, असार १५ : आज असार १५ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ।  आजका दिन असारे भाकामा लोकद....

आज राष्ट्रिय धान दिवस, रोपाईसँगै दही च्यूराको रौनक 

काठमाडौं, असार १५ : आज असार १५ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ।  आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ।

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो गर्ने चलन छ । आजको दिन युवायुवती हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन समेत गर्छन्। कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन्।

यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन्।

२०६१ मंसिर २९ मा मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। 
 

प्रकाशित मिति: ०७:२१ बजे, सोमबार, असार १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्